सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै – Nepalboli

सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै

   २०८१ जेष्ठ २५, शुक्रबार  

सहकारी संस्थामा भएको ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बोलाइएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा कार्यविधिलगायतका विषयमा छलफल हुने समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

यसअघि गत बुधबार बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई आजसम्मको समयसिमा तोकेको थियो । सचिवालयले पेश गर्ने कार्यविधि लगायतमा आज छलफल हुने संयोजक थापाले बताए ।

सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय पाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै