चुरे संरक्षणका लागी काठमाडौमा भईरहेको धर्नामा राजेन्द्र महतोको समर्थन – Nepalboli

चुरे संरक्षणका लागी काठमाडौमा भईरहेको धर्नामा राजेन्द्र महतोको समर्थन

   २०८१ जेष्ठ २४, बिहीबार  

चुरे संरक्षण सहितको माग राखेर मधेशवाट काठमाडौ सम्म पैदल आएर धर्ना बसीरहेका अभियानहरुको माग प्रति राष्टिय मुक्ति क्रान्ति अभियानका सयोजक राजेन्द्र महतोले समर्थन जनाएका छन । अभियानहरुले विगत १५ दिन देखि माइतीघरमा बसीरहेका धर्नामा महतो आफना अभियानका नेताहरु आज समर्थन जनाउन माइतीघर पुुगेका थिए ।

महतोले मधेशवाट प्रदल आएर काठमाडौमा १५ दिन सम्म पनि धर्ना दिदा राज्यले सम्बोधन नगरेको भन्दै राज्यको चाडो ध्यानाकर्षण हुनुपर्ने बताए । चुरे संरक्षण आजको सबै भन्द्या महत्वपुर्ण मुद्धा भएको भन्दै महतोले यसका कारण मधेश मरुभुमी बन्न तर्फ उद्धत रहेको र त्याहा खानेपानीको हाहाकार मचेको तर सरोकारवालाहरुले कुनै ध्यान नदिएको बताए ।

महतोले राष्टिय मुक्ति क्रान्ति अभियानले समेत चुरे संरक्षणको मुद्धामा सहमत रहेको भन्दै यसको प्रभावकारीताका लागी आफुहरु पनि अध्यान गरिरहेको र चाडै कार्यकम ल्याउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै