पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ – Nepalboli

पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

   २०८१ जेष्ठ २३, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितहरूले कालोझण्डा देखाएका छन् । बुधबार बिहान गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा सभागृहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालोझण्डा देखाएका हुन् ।

सो क्रममा उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाएका थिए । प्रहरीले कालोझण्डा देखाउने ११ जनालाई पक्राउ गरेको छ । साथै, घटनामा दुई जना घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै