वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट – Nepalboli

वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट

   २०८१ जेष्ठ २३, बुधबार  

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरी कार्यक्रम स्वीकृत गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले प्रदेशका १३ जिल्लाको १३ वटा वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वटा छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको १३ जिल्लाको १३ वटा पालिकाको एक–एक वटा वडामा वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने गरी वडा समाजवादी कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट हुने जानकारी दिँदै ९० लाख रुपियाँ प्रदेश सरकारले उपलब्ध गराउने र सम्बन्धित पालिकाले १० लाख रुपियाँ बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागि मकवानपुरको कैलाश गाउँपालिका वडा नं। ७, सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं। १, नुवाकोट दुप्चेश्वरको वडा नं। ३, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं। ४ लगायतका वडाहरु छनोटमा परेका छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सडक गुरु योजना पारित गरेको छ ।

मन्त्री श्रेष्ठले गुरुयोजनाअन्तर्गत करिब तीन सय योजना रहेको बताउँदै प्राविधिकसँग सल्लाह गरेपछि योजना थपघट हुने बताउनुभयो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै