जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारीका लागि दस्तुर निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको हो ।
केन्द्रीय प्रकाशन तथा प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रूपैयाँ दस्तुर तोकिएको छ ।
यस्तै, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ । जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।