जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाजिर जमानतमा छाडेको हो ।
सिरोहियालाई हाजिर जमानतमा छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार सिरोहियाको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरिएको हो ।
८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी समस्या भएका उनलाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।