१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ – Nepalboli

१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ

   २०८१ जेष्ठ १६, बुधबार  

ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका एक भारतीयसहित चारजना पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ परेका हुन् । सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरूमा कोल्हवी नगरपालिका –६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम छन् ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै