पुराना आयोजना अलपत्र हुने बजेट आयो – प्रकाशशरण महत – Nepalboli

पुराना आयोजना अलपत्र हुने बजेट आयो – प्रकाशशरण महत

   २०८१ जेष्ठ १५, मंगलवार  

नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा बजेट प्रस्तुत गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताउनुभयो । उहाँले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैर प्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुरा नरहेको बताउनुभयो। उहाँले आफ्ना समर्थकको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको बताउनुभयो। उहाँले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताउनुभयो ।

सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाउनुभयो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै