राष्टिय मुक्ति क्रान्ति अभियानद्धारा आज पर्सा सहित उदयपुर, सिन्धुली र सुर्खेतमा संवाद कार्यक्रम
राष्टिय मुक्ति क्रान्ति अभियानले आज मंगलवार पर्सा सहित उदयपुर, सिन्धुली र सुर्खेतमा स्थानिय नागरिक तथा बुद्धजिवीहरु संग छलफल गरेका छन । पर्सामा आयोजित छलफल कार्यक्रममा अभियानका राष्टिय संयोजक राजेन्द्र महतो सहितका नेताहरु सहभागी भएका थिए ।
त्यस्तै उदयपुरको गााईघाट, सिन्धुलीको सिन्धुलीगढी र सुर्खेतको विरेन्द्रनगरमा आयोजित .कार्यक्रमहरुमा पनि अभियानका राष्टिय समितिका नेताहरु सहभागी भएका थिए ।
गएको ४ जेठ देखि अभियानको पुर्व देखि पश्चिम सम्मको ४४ जिल्लामा एक सय एक ओटा कार्यक्रमहरु राखेका छन । त्यही कार्यक्रमहरु अन्र्तगत आज यी चार संवाद कार्यक्रम भएको अभियानले जनाएको छ ।
