सडक निर्माणमा भईरहको दिलासुस्ती विरुद्ध ककनीमा प्रर्दशन – Nepalboli

सडक निर्माणमा भईरहको दिलासुस्ती विरुद्ध ककनीमा प्रर्दशन

   २०८१ जेष्ठ १५, मंगलवार  

नुवाकोटको ककनीको सडक निर्माण १५ बर्ष देखि अलपत्र रहेको भन्दै राष्टिय मुक्ति क्रान्ति अभियानले आज प्रर्दशन गरेका छन । अभियानका नेवा परिषद संयोजक सुमन सायमीको नेतृत्वमा भएको प्रर्दशनमा सिसटोलमा फोहर राख्नका लागी सरकारले गरेको सहमती कार्यन्वयन, सहित बर्षै देखिको अलपत्र सडक निर्माणको माग प्रर्दशनकारीहरुले राखेका छन ।

प्रर्दशनको नेतृत्व गरिरहेको सायमीले सरकारको वेवास्ता र लापरवाहीका कारण त्यस क्षेत्रका घरघरमा नागरिकहरु अस्वस्थय हुन थालेको र सडक निर्माण नभएका कारण नुवाकोट जान समेत नागरिकहरुलाई कठिनाई भईरहेकाले आफुहरु प्रर्दशन गरेको जनाएको छ ।

सायमीको नेतृत्वमा त्यस क्षेत्र यस अघि पनि विरोध प्रर्दशनहरु भएका थिए । उनले सरकारले त्याहाका नागरिकहरुको माग सम्बोधन नगरे आफुह पुन कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै