एक वर्षमा १५ सय जनामा एचआइभी पुष्टि – Nepalboli

एक वर्षमा १५ सय जनामा एचआइभी पुष्टि

   २०८१ जेष्ठ १५, मंगलवार  

चालु आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ ले चालु आर्थिक वर्षको फागुनसम्म एक लाख ९७ हजार १६७ को एचआइभी परीक्षण गर्दा एक हजार पाँच ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको हो ।

सोही अवधिमा २५ हजार ४३ एचआइभी सङ्क्रमितलाई एन्टीरेट्रोभाईरल ट्रिट्मेन्ट केन्द्रबाट औषधी वितरण भएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षण अनुसार गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम कार्यक्रममा आबद्ध ६१ गर्भवती सहित २३ हजार ७६० एचआइभी सङ्क्रमितलाई एआटी केन्द्रबाट औषधी वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै