सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन दलहरु विच सहमती – Nepalboli

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन दलहरु विच सहमती

   २०८१ जेष्ठ १५, मंगलवार  

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने प्रमुख लहरुको विचमा सहमती जुटेको छ । संसदीय छानविन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो कार्यदलले लगाए संगै समिति गठन वारेमा रहेको विवाद अन्तय भएको छ ।

संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन समेत बुझाएको छ।

मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको थियो।
कार्यदलका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै