राष्ट्रिय मुक्ति क्रान्तिद्वारा काठमाडौ, मोरड, महोत्तरी र कपिलवस्तुमा आज अन्तक्रिया
राष्ट्रिय मुक्ति क्रान्ति अभियानले सोमवार काठमाडौको किर्तीपुुर, मोरडको रंगेली, महोतरीको वर्दीवास र कपिलवस्तुुमा अन्तक्रिया कार्यक्रम गरेका छन । महोतरीको बर्दीबासमा अभियानका संयोजक राजेन्द्र महतो सहित शिर्ष नेताहरु सहभागी थिए भने अन्य ठाउहरुमा पनि अभियानका केन्द्रिय नेताहरुको उपस्थित थिए ।
मोरंगको रंगेलीमा आयोजित सम्वादात्मक कार्यक्रम भुमिसुधार सरदारद्वारा अध्यक्षता गरिएको छ। कार्यक्रममा केन्द्रिय नेता केशव झाले राष्ट्रिय मुक्ति क्रान्ति भनेको गुलामलाई मालिक बनाउने प्रोजेक्ट रहेको बताए। यो प्रोजेक्टले राज्यविहिनलाई राज्यधारी बनाउने छ। त्यसकारण राष्ट्रिय मुक्ति क्रान्तिको विकल्प नरहेको बताए। बहुलराष्ट्रिय राज्यको स्थापनाले उत्पीडित जातिको सत्ता स्थापना गर्ने हुनाले सवै उत्पीडित राष्ट्रियताहरु एकजुट भै लडनु पर्ने झाले बताए ।
यङ इन्डिजिनिस्ट लिगका संयोजक सनम लिम्बुले मधेशी र आदिवासी जनजाति मिलेर लडे मात्र हाम्रो स्वशासन कायम रह्ने बताए । केन्द्रिय नेता संतोष मेहताले राष्ट्रिय मुक्ति क्रान्ति भनेको मधेशवाद देखि स्वदेशवादको यात्रा रहेको बताए । लोकतन्त्रको कार्यभार पुरा नभएकोले सम्पुर्ण क्रान्तिको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति आवस्यक रहेको बताए। कार्यक्रममा श्री चन्द्र प्रकाश राजवंशीले स्वागत मन्व्य व्यक्त गर्नु भयो।
कार्यक्रमा अनिल महासेठ, हिरा मन्डल, विजय मण्डल , गंगा यादव, कर्मचन्द राजवंशी, इन्द्रलाल साह लगायत समाजका अगुवा , बुद्धिजीवि , प्राध्यापक , कानुनविद्हरुले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य व्यक्त गर्नुभयो।