प्रमुख चार दलका शिर्ष नेताहरुको बैठक ३ बजे बस्दै
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन ।
दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । रास्वपा नेता एवं कार्यदल सदस्य शिशिर खनालले शीर्ष चार नेताको बैठक बस्ने जानकारी गराए ।
बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।