सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक – Nepalboli

सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

   २०८१ जेष्ठ १४, सोमबार  

नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । कांग्रेस सांसद जीवन परियारका अनुसार दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने उनले बताए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।

नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै