कांग्रेसद्धारा सरकारविरुद्ध सडक प्रर्दशन – Nepalboli

कांग्रेसद्धारा सरकारविरुद्ध सडक प्रर्दशन

   २०८१ जेष्ठ १३, आईतवार  

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । कांग्रेसले आइतबार काठमाडौं जिल्ला कार्यसमितिद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा विरोधसभा आयोजना गरेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

सभालाई कांग्रेस महामन्त्री विश्वप्रका शर्मा, पूर्वमहामन्त्री कृष्टप्रसाद सिटौलालगयातले सम्बोधन गरेका छन् । प्रदर्शनमा अर्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायत पनि सहभागी थिए ।

प्रदर्शनका क्रममा कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने, उनले संसद्‌को रोस्ट्रममा उभिएर आफ्ना नेताहरूमाथि लगाएको आरोपलगायतका विषयबारे नाराबाजी गरेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै