नेपाल तरुण दलद्धारा मसाल जुलुुस
नेपाल तरुण दलले सबै खाले भष्ट्रचारको छानबिन,सहकारि ठगिको छानविन र प्रेश स्वतन्त्रता को पक्षमा गगबुमा मसाल जुलुस आयोजना गरेको छ। दलका केन्द्रीय सदस्य एबम नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाको सयोजनमा मसाल जुलुस निस्केको थियो।
मसाल जुुलुस पछिको कोण सभामा बोल्दै निरन्जन थापाले न सत्ता पक्ष न प्रतिपक्ष भष्ट्रचारिलाई निष्पक्ष कारबाहि गर्न माग गरे।हिजो समाजमा गलत काम गर्ने फटाहहरु मुख थुनेर लुकेर हिड्ने गर्थे तर आज चर्को स्वरमा ट्राई सुट लगाए भगवानको रुपमा समाजमा ठगिको धन्दा गर्ने गिरोह नै हावि भएको बताए,कान्तिपुर दैनिकका कैलास शिरोहिया प्रकाउ प्रकरण प्रति लक्षित गर्दै स्वयम् गृहमन्त्री रबि लामिछानेको दोहोरो पासपोर्ट र सहकारि ठगिको सप्रमाण सहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा प्रकाउ गर्नु गलत भएको र नेपाली काङ्ग्रेस प्रेश स्वतन्त्रताको पक्षमा रहेको बताए।
मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदिप थापा,सुमन गिरि पुष्कर बास्तोला,पशुपति पोखरेल उमेश श्रेष्ठ,सेतेमान तामाङ,पार्टिका महासमिति सदस्यहरु शुलिल भट्ट,सानुकाजि प्रजापति नेबिसघका केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति रहेको नेबिसघ केन्द्रीय सदस्य बिजय डुङ्गानाले जानकारि दिए।