जलेश्वरमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सम्वादात्मक कार्यक्रम सम्पन्न – Nepalboli

जलेश्वरमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सम्वादात्मक कार्यक्रम सम्पन्न

   २०८१ जेष्ठ १२, शनिबार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको अन्तकिया तथा संवादत्मक कार्यक्रम महोत्तरीको जलेश्वरको शनिवार भएको छ । महोत्तरीको जलेश्वरमा रहेको उद्योग बाणिज्य संघ को सभाकक्षमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजनामा र श्री अबधेश साहको अध्यक्षतामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ।

श्री रामगोपाल चौधरीद्वारा उदघोषन गरिएको कार्यक्रममा श्री रमन पाण्डे ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजीव झाले विषय वस्तुको बारेमा विस्तृत जानकारी दिदै उदारवाद र मार्क्सवाद दुनियाबाट असफल भैसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको बताए ।

कार्यक्रममा समाजका अगुवा , बुद्धिजीवी,पत्रकार, प्राध्यापक , अधिवक्ता , शिक्षक, प्रबुद्ध वर्गको उपस्थिति रह्यो। कार्यक्रममा पुर्व मन्त्री राम नरेश यादव मधेसी,जनजाति मिल्नुको बिकल्प नरहेको बिगतमा मधेस आन्दोलन,जनजाति आन्दोलन,थरुहट आन्दोलन पहिचानको आन्दोलन छुट्टाछुट्टै लडेकोले आन्दोलन सफल न भएको जिकिर गर्नु भयो ।

कार्यक्रममा अभियानी राम सिकिल चौधरीले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरे। कार्यक्रममा संजय सिंह,संजय चौधरी,धनुषा जिल्लाको पुर्ब जिसस उपप्रमुख दिपक झा,निरुता मोक्तान,जिगमेला बम्जन लगायतका वक्ताहरुले महत्त्वपूर्ण सल्लाह , सुझाव र जिज्ञासा राखेका थिए। राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी कृष्ण कुमारसाह,धनेश्वर ठाकुर,राजेन्द्र पाण्डे,ओम प्रकाश यादव,हरि साह,महेन्द्र मंडल,बजरंगी प्रसाद साह,सुनिल लाल कर्ण,डा बिनोद मिश्रा लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रह्यो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै