चार प्रदेशमा राति चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
आज (बिहीबार) राति चार प्रदेशका एकरदुई स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।