राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राजविराज, सिन्धुली सहित पाच ठाउमा अन्तक्रिया
राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज सप्तरीको राजविराज, सिन्धुलीको मरिनछाप सहित पाच ठाउमा अन्तक्रिया कार्यक्रम गरेका छन । अभियानले आज सप्तरी र सिन्धुली संगै रुपन्देही, पाचथर र काभ्रेमा पनि अन्तक्रिया र छलफल कार्यक्रम गरेको अभियानका सचिवालयले जनाएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गएको ४ जेठ देखि देशव्यापी रुपमा अन्तक्रिया र छलफल गर्दै आईरहेका छन । अभियानले ४ असार सम्मको पुर्व देखि पश्चिम सम्मको १ सय १ ठाउमा कार्यक्रम गर्ने जनाएको छ । त्यही कार्यक्रम अन्र्तगत आज पाच ठाउमा स्थानिय नागरिहरु संग अभियानले संवाद गरेका छन ।
सप्तरीको राजविराजमा भएको कार्यक्रममा अभियानका नेताहरु केशव झा, कैशल सिंह, राजिव झा, अनिल महासेठ लगायतका उपस्थित थिए थिए सिन्धुलीको कार्यक्रममा बुद्धछिरिड मुक्तानको सहभागीता थियो ।
यसै गरि राष्ट्रिय मुक्ति क्रान्तिको निम्ति उपत्यका बिशेष व्युरोले काठमाडौको पैँयुटारमा समेत बृहत् संवाद कार्यक्रम सम्पन्न गरेका छन ।
