इन्धनको मूल्य नघट्ने नेपाल आयल निगमको स्पष्टोक्ति – Nepalboli

इन्धनको मूल्य नघट्ने नेपाल आयल निगमको स्पष्टोक्ति

   १८ श्रावण २०७९, बुधबार  

नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ ।

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ।

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै