राष्टिय मुक्ति क्रान्ति अभियानको जनकपुर सहित पाच जिल्लामा अन्तक्रिया
राष्टिय मुक्ति क्रान्ति अभियानले आज जनकपुरमा अन्तक्रिया कार्यक्रम गरेका छन । जनकपुर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा संजय सिंहज्युको अध्यक्षतामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको अभियानले जनाएको छ । कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तर्कृया गरिएको छ।
संजय चौधरीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा राजिव झाजिले विषय प्रवेश गर्नुभएको थियो। कार्यक्रममा केशव झाजिले विषय प्रवेश गर्नु भयो र बुद्धछिरिङ मोक्तानले कि नोट स्पीच दिनुभयो । कार्यक्रममा अभियानी पुर्व मन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव, अनिल महासेठ, दिपक झा, रमण पाण्डेय, राम कुमार महतो, श्रीचन्द्र महतो, दिनेश यादव लगायतको उपस्थिति थियो।
त्यसको साथै अभियानले आज पाचथरको फिदेन, सल्यागंको श्रीनगर, सिन्धुलीको मरिनछाप र काठमाडौको थानकोटमा पनि कार्यकम गरेका छन ।
गएको शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरेर अभियानले ४ जेठ देखि ४ असार सम्ममा देशभर एक सय एक कार्यक्रम गर्ने घोषणा गरेका थिए । जस अनुसार अभियानका केन्द्रिय नेताहरु देशभर खटिएका छन । अभियानले यो विचमा पुर्व दखि पश्चिम सम्मको प्रमुख आठ सहरमा शक्ति प्रर्दशन समेत गर्ने जनाएको छ ।
अभियानले ४ असारमा काठमाडौमा सबै भन्द्या वृह्त शक्ति प्रर्दशनका कार्यक्रम राखेका छन ।