टेवल–टेवलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनु भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुवमा उपलव्ध गराउन निर्देशन गर्नु भएको हो । ‘तपाईहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भन्नु भयो, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’
प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधान सुविधान र इन्धन नदिन पनि निर्देशन दिुन भएको छ । इन्धनको मुल्य बृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उहाँले कानुनले तोके बाहेकका सरकाी कर्मचारीलाई सवारी साधानको सुविधान पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिनुभएको हो ।
त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरारी तथा फलफुल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।
उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक बर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।