जनार्दनलाई अर्थमन्त्री बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन,२५ जना पक्राउ – Nepalboli

जनार्दनलाई अर्थमन्त्री बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन,२५ जना पक्राउ

   १६ श्रावण २०७९, सोमबार  

आइतवार माओवादी नेता जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै सोमवार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रर्दशन भएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट करका दर हेरफेर गरेको आरोप लागे पनि संसदीय छानबिन समितिले राम्ररी छानबिन नै नगरी निर्दोष ठहर गरि शर्मालाई फेरि अर्थमन्त्री बनाइएको उनीहरुले प्रदर्शन गरेका हुन् ।

शर्माको पुनर्नियुक्ति र उनलाई क्लिन चिट दिने छानबिन समितिमा प्रमुख प्रतिपक्षले देखाएको दोहोरो चरित्रले लोकतन्त्रकै उपहास गरेको उनीहरूले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै