भारत सरकारको अनुदान सहयोगमा तनहुँमा माध्यमिक विद्यालयको भवनको निर्माण – Nepalboli

भारत सरकारको अनुदान सहयोगमा तनहुँमा माध्यमिक विद्यालयको भवनको निर्माण

   १६ श्रावण २०७९, सोमबार  

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित विद्याँलय भवनको आइतवार भारतीय राजदूतावासका प्रथम सचिव डा साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख श्री शान्तिरमण वाग्लेले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेपाली २ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यो विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गरेको विद्यालयले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै