दिल्ली भ्रमणले मओवादी अध्यक्ष प्रचण्ड उत्साहित – Nepalboli

दिल्ली भ्रमणले मओवादी अध्यक्ष प्रचण्ड उत्साहित

   १ श्रावण २०७९, आईतवार  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर फिरेपछि त्रिभुवन विमानस्थलमा उनले यस्तो बताएका हुन्। दिल्ली भ्रमणवाट उत्साहित भएर फर्केका प्रचण्डले आफुु भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ, उनले भने, भ्रमण अपेक्षाअनुसार सफल भएको छ। मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।

उनले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको बताए। मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ, उनले भने, यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग महत्वपूर्ण कुरा भएको बताएका छन्। तीन दिने भ्रमण सकेर आइतवार त्रिभुवन विमानस्थलमा उत्रिएपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।

अजित डोभालसँगको भेट निक्कै महत्वपूर्ण रह्यो। उहाँसँग २ घण्टा लामो कुराकानी भयोु, उनले भने, खुलेर समस्या सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ। मैले तेलको मूल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु। केही दिनमा प्रगति हुन्छ।

उनले डोभालसँगको कुराकानीका क्रममा राहत पेट्रोलियम पदार्थ उपलब्ध गराउन पनि आफूले आग्रह गरेको बताएका छन्।

उनले यो पटक आफ्नो भ्रमण उत्साहप्रद भएको पनि बताएका छन्। यो पटक भ्रमणलाई मिडियाले उत्साहप्रद प्रचार गरे। दिल्लीमा नेपाली राजदूतले आरजु म्याडम (आरजु देउवा) लाई बोलाउनु भएको हो। दूतावासमै भेट्न उचित हुन्छ भनेको थिएँ। तर कतिपयले अतिरञ्जित गरेु, उनले भने।

प्रचण्डले यो पटक पोलिटिकल तहमा कुरा भएको पनि दावी गरे । भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट भयो। उहाँको टीमसँगै बसेर कुरा गरेँ। त्यस्तै भाजपा अध्यक्ष जेपी नड्डासँग पनि कुरा गरेँ, उनले भने, कताकता मलाई पहिलेभन्दा धेरै राम्रो सम्बन्ध बनेको पाएँ। आजभन्दा ७ वर्ष अगाडि त्यति मीठो संवाद भएको थिएन। तर अहिले रचानात्मक रुपले सकारात्मक रुपमा राम्रो कुरा भयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै