भिसा सकिएर पनि बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ – Nepalboli

भिसा सकिएर पनि बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

   २०८० चैत्र २५, आईतवार  

भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको रेग्मीको भनाई छ ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै