गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, काग्रेसको आपत्ति – Nepalboli

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, काग्रेसको आपत्ति

   २०८० चैत्र २५, आईतवार  

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनलाई बहुमत पुर्‍याउन सभामुखको नामसमेत समावेश गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। तर प्रदेश प्रमुखले विरोध बीचमा उनलाई नियुक्ति गरेका हुन्।

प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले असंवैधाकि प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् भनी आग्रह गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सभामुखको हस्ताक्षरसहित बहुमत दाबी गर्ने कार्य सर्वोच्च अदालतले नै असंवैधानिक भनि व्याख्या गरेकाले एमालेका उम्मेदवार खगराज अधिकारीको दाबी गलत भएको जिकिर गरेका छन्।

‘सभामुखले हस्ताक्षर गरेको भनिएको मा खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको उक्त व्यहोरा सरासर नेपालको संविधान, कानुन, स्थापित नजीर सिद्धान्त र परम्पराविरुद्ध छ। तसर्थ उक्त गैरसंवैधानिक दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति हुने काम रोकियोस्,’ पाण्डेको विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै