कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनबारे छलफल, अर्को बैठक शनिबार बस्ने – Nepalboli

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनबारे छलफल, अर्को बैठक शनिबार बस्ने

   ३० असार २०७९, बिहीबार  

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा छलफल भएको छ।

केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सोमबारदेखि जारी बैठकमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आजको केही केन्द्रीय सदस्य संसदमा जानुपरेको बताउनुहुँदै बैठकमा पार्टीलाई कसरी मजबुत बनाउने र कांग्रेसले सफलता हासिल गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।“समसामयिक राजनीतिक विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा अझै केन्द्रीय सदस्यले धारणा राख्नेक्रम चलिरहेको पनि महतले जानकारी दिनुभयो । आज परराष्ट्रमन्त्री डा। नारायण खड्का लगायत केही मन्त्रीले जवाफ दिनुभएको उहाँले उल्लेख गर्नुभयो।मन्त्री खड्काले सरकारले गरेका कामका विषयमा बुँदागत रुपमा प्रस्तुत गर्नुभएको छ।

भोलि पनि उपसभामुख चयन र विधयेक लगायतका विषय रहेको र संसदमा जानुपर्ने भएकोले एक, दुई दिनमा अन्तिम निष्कर्ष निकालेर बैठकको निर्णय हुने उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै