चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्धारा मंगलवार पनि राजनितिक भेटघाट जारी – Nepalboli

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्धारा मंगलवार पनि राजनितिक भेटघाट जारी

   २८ असार २०७९, मंगलवार  

आइतवार काठमाडौ आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले मंगलवार एमाले र नेकपा एसका नेताहरु संग भेट गरेका छन ।

मंगलबार बिहान १० बजेदेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेका चिनियाँ नेताहरुको टोली दिउँसो साढे २ बजे बाहिरिएका थिए । अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पनि वार्ता भएको थियो। उक्त वार्तामा नेपाल चीन परम्परागत सम्बन्धबारे दुई पक्षबीच विचार आदानप्रदान भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताए।

ओलीले भेटका क्रममा भौगोलिक रुपमा पनि दुई देश नजिक रहेको चर्चा गर्दै एक चीननीतिप्रति प्रतिवद्धता दोहोर्‍याए। हामी नेपालको भूभाग चीनकाविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध छौँ, ओलीले भेटका क्रममा भने, नेपाल र चीन दुईटा स्वतन्त्र मुलुक हौँ। हामी सानाठूला मुलुकबीचमा मैत्रीपूर्ण सम्बन्ध छ।

एमाले अध्यक्ष ओली संग भेट गरे पछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संग भेट गरेका थिए । काठमाडौंस्थित एक होटलमा उहाँहरु बीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध घनिष्ठ बनाउने विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो।

भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदे उहाँले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा नेपाल र चीनबीच कसरी सम्बन्ध घनिष्ठ बनाउन सकिन्छ, दुई पार्टीबीचको सम्बन्ध विस्तार बलियो बनाउन सक्दछौं भनेर पारस्परिकरुपमा सिक्नुपर्ने विषयमा छलफल भएको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै