काठमाडौमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्धारा राजनितीक भेटघाट – Nepalboli

काठमाडौमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखद्धारा राजनितीक भेटघाट

   २६ असार २०७९, आईतवार  

आइतवार नेपालको चार दिने भ्रमणमा आएका चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न आफ्नो टोलीसहित जियानचाओ बालुवाटार पुगेका थिए। भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो।

प्रधानमन्त्री देउवासंग भेटे लगत्तै चिनिया नेताहरु परराष्टमन्त्री नारायण खडका संग भेट गरेका थिए । परराष्टमन्त्रीसंगको भेट पछि आइतवार साझ उनी काठमाडौको मेरियठ होटलमा परराष्टमन्त्रीले नै दिएको रात्री भोजमा सरिक भएका छन ।

जियानचाओले काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्।

सोमबार उनले माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउने जियानचाओ उच्च चिनियाँ अधिकारीहरू हुन्।

केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै जियानचायो चार्टर्ड जहाजमा काठमाडौं आएका हुन्। उनी बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

चिनियाँ पाहुनाको प्रचण्डसँग रात्रीभोज, ओलीसँग दिवाभोज

सोमवार बिहान चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा जाने छ । त्यहाँबाट फर्केपछि शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

त्यसपछि सोमवार अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा भेटघाट राखिएको छ । त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको तेस्रो दिन चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नुहुनेछ । सोही दिन अपरान्ह ४ बजेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बुढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ । त्यहाँ एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण राईसँगसमेत भेटेपछि टोली सोझै शीतल निवास झरेर बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ ।

दिउँसो पौने ३ बजेदेखि साढे ३ बजेसम्म काठमाडौं नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन नेवाः मुक्ति मोर्चाका सचिव उमेश स्थापितलाई भेटेपछि दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्नेछ ।

आगामी बुधबार राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै