मौद्रिक नीतिबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल – Nepalboli

मौद्रिक नीतिबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल

   २४ असार २०७९, शुक्रबार  

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा कुराकानी भएको परिसङ्घले जनाएको छ ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै