पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना पुष्टि – Nepalboli

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना पुष्टि

   २२ असार २०७९, बुधबार  

नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना सङ्कमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राका अनुसार २४ घण्टामा एक हजार ५४९ जनाको आरटी पिसिआर परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनाको कोरोना पुष्टि भएको डा मिश्राले जानकारी दिनुभयो ।

योसँगै नेपालमा सक्रिय सङ्मितको सङ्ख्या ४७१ पुगेका छन् । सोही समयमा २० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै