पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन – Nepalboli

पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

   २०८० फाल्गुन २७, आईतवार  

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् । लामिछानेको सचिवालयका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

पूर्वउपराष्ट्रपति छोरा जितेन्द्रले बुबाको पदीय हैसियताको आडमा सुन तस्करी गरेको आरोप छ । उनले चीनको एक कम्पीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक समेत बाहिरिएको थियो ।

उनले त्यसबेला एक वर्षभित्र अढाइ करोड रुपैयाँ दिने भनेर तमसुक गरेपनि पैसा फिर्ता गरेका थिएनन् । पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा उनलाई बयान कागज गराएर छाडेको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै