अर्थमन्त्रीको विषयमा छलफल गर्दै प्रधानमन्त्री देउवा र प्रचण्ड

अर्थमन्त्री जर्नादन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको छ। यस विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको स्रोतले जनायो ।
बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री शर्माको राजीनामा माग गर्ने या गठबन्धनमा थप छलफल गरेर अगाडि बढ्न भन्ने विषयमा दुई नेताबीच छलफल भइरहेको छ।
बजेट निर्माणको क्रममा अनैतिक व्यहवार देखाएको भन्दै अर्थमन्त्रीको राजिनामा माग हुन थाले पछि प्रधानमन्त्री देखि माओवादी सम्म दबाबमा परेको छ ।