शक्क्ति प्रर्दशन सहित राजेन्द्र महतोद्धारा जनकपुरमा अन्तक्रिया – Nepalboli

शक्क्ति प्रर्दशन सहित राजेन्द्र महतोद्धारा जनकपुरमा अन्तक्रिया

   २७ फाल्गुन २०८०, आईतवार  

लोसपा परित्याग गरेका मधेशका अगुवा नेता राजेन्द्र महतोले शनिवार जनकपुरमा शक्क्ति प्रर्दशन गरेका छन । प्रर्दशन पछि महतोले जनकपुरमा आफनो राष्ट्रिय मुक्ति क्रान्ति अभियान वारेमा अन्तक्रिया समेत गरेका छन । अन्तक्रियामा महतोले अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए। नेता महतोले सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक रहेको बताए । महतोले अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले अहिलेको सरकारबाट केही प्राप्त गर्न नसक्ने दाबी गरे ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभइ कुर्सी बचाउनका लागि मात्रै भएकोले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । समान नेपालको सहकार्यमा भएको सो कार्यक्रममा उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने टिप्पणी गरे । अभियानका नेता महतोले भने–‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ उनले अघि थप्दैँ भने– ‘ अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा आन्दोलन गर्नु अहिलेको आवश्यकता रहेको छ ।’ उनले अब कुनै पनि लक्ष्य नरहेको बताउँदै बहुल राष्ट्र राज्य निर्माण एक मात्र उद्देश्य हुने र त्यसका लागि मिल्ने शक्तिहरु बीच सहकार्य भएर मात्र पार्टीको निर्माण हुने बताए । उनले अहिले बनेको गठबन्धन पनि पालै पालो लुट मचाउने समूह मात्र रहेको आरोप लगाए ।

१२ प्रतिशत खस शासक मिलेर पालै पालो ढुकुटी लुट्नका लागि वर्तमान गठबन्धन बन्ने, भत्किने र फेरि बनेको उनको भनाइ थियो । उनले मधेश केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा युवा नेता केशव झाले कांग्रेस, एमाले र माओवादीबाट आएर मधेशी दलको नेतृत्व गरेका नेताहरुको अगुवाइमा मधेश र मधेशीको मुक्ति सम्भव नरहेको बताए । उनले मधेश र मधेशीको मुक्तिका लागि हरेक प्रदेशमा समेत पहलकदमी लिनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै