राष्ट्रिय सभाको बैठक बस्दै – Nepalboli

राष्ट्रिय सभाको बैठक बस्दै

   २७ फाल्गुन २०८०, आईतवार  

सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नुहुने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै