कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन – Nepalboli

कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन

   २७ फाल्गुन २०८०, आईतवार  

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नु भएको जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

सभापति देउवाले उहाँलाई कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको हो ।

यसैगरी, कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने जानकारी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै