नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन – Nepalboli

नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन

   २०८० फाल्गुन २७, आईतवार  

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड तय गरेको छ । कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । गोठ वा पशुपालन गर्ने फार्ममा स्वस्थ पशु राख्नु पर्छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित पशु मात्र ल्याउनु पर्छ र त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।

पशु फार्ममा हरेक पशुको पहिचान दिनु पर्छ र त्यस्तो पहिचान भएको पशुको जन्मदेखि मृत्युसम्मको विवरण पत्ता लाग्ने गरी अभिलेख राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

मापदण्डमा भनिएको छ, “फार्ममा आगन्तुक व्यक्तिको प्रवेशलाई सकेसम्म नियन्त्रण गर्ने गरिएको हुनपर्ने तथा फार्म परिसर प्रवेशद्वारमा उपयुक्त किसिमको खुट्टा चोभ्ने प्रबन्ध गरिएको हुनु पर्छ ।” पशुलाई तनाव र असजिलो नहुने गरी व्यवहार नगरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

वार्षिक रूपमा पानीको शुद्धता परीक्षण गरी सालमोनेल्ला र कोलिफार्म नभएको तथा आर्सेनिक अनुमतियोग्य सीमाभन्दा बढी नरहेको अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै