भारतीय नागरिकले अब नेपालमा फोनपेमार्फत् भुक्तानी गर्न सक्ने – Nepalboli

भारतीय नागरिकले अब नेपालमा फोनपेमार्फत् भुक्तानी गर्न सक्ने

   २०८० फाल्गुन २५, शुक्रबार  

नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच नेपाल–भारत अन्तर्देशकीय क्युआर भुक्तानी सेवा सुरू भएको छ।

दुई कम्पनीबीच युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) सेवा सुरू भएको हो। यस सेवा सुरू गर्ने सम्बन्धमा गत असोजमै सम्झौता भएको थियो।

सम्झौताको पहिलो चरणअनुसार अब भारतीय एनपिसिआई प्रयोगकर्ताले युपिआई इनेबल्ड एपको मद्दतले नेपालमा क्युआर कोडमार्फत फोनपे नेटवर्कमा भुक्तानी गर्न सक्छन्।

यसबारे एनआइपिएलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । नेपाल र भारतीय नागरिकबीचको सम्बन्धलाई डिजिटल रूपमा सुदृढ पार्न र व्यक्ति व्यक्तिबीचको सम्बन्ध विस्तार गर्न यस प्रकारको सेवा सुरू गरिएको हो। एनआइपिएल र फोनपेद्वारा भुक्तानी प्रणालीहरूको एकीकरणले सीमापार लेनदेनको क्षेत्रमा एक क्रान्तिकारी परिवर्तन ल्याएको कम्पनीहरूको विश्वास छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै