माइती नेपालसँगको सहकार्यमा भारतीय राजदूतावासद्धारा नारी दिवसको अवसरमा कार्यक्रम आयोजना – Nepalboli

माइती नेपालसँगको सहकार्यमा भारतीय राजदूतावासद्धारा नारी दिवसको अवसरमा कार्यक्रम आयोजना

   २४ फाल्गुन २०८०, बिहीबार  

काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्रांगणमा बुधवार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन । “Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने माइती नेपालकी संस्थापक श्रीमती अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव सहितका सहभागीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरु लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गरेका थिए । श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले श्रीमती कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

नेतृ शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी गराएका थिए ।

कार्यक्रममा श्रीमती अष्टलक्ष्मी शाक्य र नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले सुश्री मेनुका पौडेल र श्रीमती रत्न कुमारी सुनुवारलाई वहाँहरुको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरेका थिए । काठमाडौंकी सुश्री मेनुका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल ९२०२३० मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । श्रीमती रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउदै चर्चा कमाएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै