माधव नेपालसँग काग्रेस सभापतिको भेटवार्ता – Nepalboli

माधव नेपालसँग काग्रेस सभापतिको भेटवार्ता

   २३ फाल्गुन २०८०, बुधबार  

नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधबार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबिच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयोे । उहाँले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारिक धारणा राखिसकेका छौं । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तरता दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै