अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट – Nepalboli

अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

   २२ फाल्गुन २०८०, मंगलवार  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । बिरामी नेपाललाई भेट्न मंगलबार प्रचण्ड र ओलीले नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन् । उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् ।

यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै