राजनीतिक समीकरण बदलिएसँगै स्थगित भयो प्रतिनिधि सभा बैठक
सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो।
राजनीतिक समीकरण बदलिएसँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको हो। नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको सरकार बन्ने भएको हो।
सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने पनि तयारी भइरहेको छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकबारे रास्वपाको सचिवालय बैठकमा छलफल समेत भएको थियो। उनले सचिवालय बैठकमा प्रतिनिधि सभा बैठक स्थगित हुने बताएका थिए।