काग्रेससंगको सहकार्य ताडदै प्रधानमन्त्रीद्धारा एमाले र रास्वपा सहितको नयां गठबन्धन निर्माण

पछिल्लो केहि दिन यताको रस्सकाकस्सी तोडदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्पा सहितको नयां गठबन्धन बनाउदै आफनो नेतृत्वको सरकारलाई नया ढंगले निरन्तरता दिने भएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आजै सानो आकारको मन्त्रिपरिषद बन्ने जानकारी गराएका हुन्। बालुवाटारमा अहिले प्रधानमन्त्री सहित एमाले र रास्पाका नेताहरुको बैठक बसीरुहेको छ ।
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
बिहान सबै दलले आआफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।