पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ नियुक्त
पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ । पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए ।
पाकिस्तान मुस्लिम लिग–नवाज हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो भएको थियो ।
तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो । पार्टीले चुनाव लड्न नपाए पनि तहरीक-ए-इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।
पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो ।
शेहराज सरिफ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । यसअघि अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्रीबाट हटाएर उनी १६ महिना प्रधानमन्त्री बनेका थिए ।