परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट – Nepalboli

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट

   १२ फाल्गुन २०८०, शनिबार  

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।

भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।

विदेशमन्त्री जयशंकरले आफूहरुको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताए । रायसीना संवाद कार्यक्रम शुक्रवार समापन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै