प्रधानमन्त्री देउवा र एकिकृत समाजवादी अध्यक्ष माधव नेपाल विच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीका डा बेदुराम भुसाल सहभागी थिए । भेटमा सहभागी नेकपा समाजवादीका महासचिव भुसालले खासगरी विकास निर्माणका बारेमा दुई नेताबीच कुराकानी भएको बताए ।
उनले वागमति प्रदेश सरकारका मुख्यमन्त्री फेरबदलबारे सामान्य कुराकानी भएपनि थप केही नभएको बताए । वागमतीका मुख्यमन्त्री फेर्न सत्तारुढ दलमै प्रयास भएका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा लिइएको छ । यद्यपी नेताहरुले भने स्पस्ट केही खुलाउन चाहेका छैनन् ।