मधेशका संघर्षशिल महिलाहरु- आफनो पौरखमा जिवन धान्दै – Nepalboli

मधेशका संघर्षशिल महिलाहरु- आफनो पौरखमा जिवन धान्दै

   १ फाल्गुन २०८०, मंगलवार  

आरती मंडल/ जनकपुरधाम
बैसाखीको सहाराले हिडडुुल गर्ने २१ बर्षकी सीता बैठा विधवा छिन । १४ बर्षमा विहे गरेकी सिता २१ बर्षमा उमेरमा विधवा मात्रै छैनन, विहे गरेको सात बर्षमा उनी चार बर्ष अस्पतालमै विताएकी छिन । सिता सानो हुदा उनको आमा बितिन, त्यस पछि परिवारजनहरुले उनको विहे १४ बर्ष मै गरिदिए । विहे गरेर श्रीमान घर गए पछि उनी श्रीमानको हिंसामा परिन । र श्रीमानले घरको छलवाट तल खसाई दिए पछि उनी अस्पतालको वेडमा चार बर्ष विताए । त्यस पछि अहिले उनी बैसाखीको साहाराले हिडडुल गर्ने गर्थिन ।

सीताको श्रीमानले बिहे भन्दा पहिला उसलाई उसको सानी आमाको घरमा हेरेको थियो । त्यहाँ उसको सुन्दर रंगरुप र काममा चनाखो भएको हेरेपछि उनलाई मन पराईन र विहेको प्रस्ताव गरिन । तर यो बिहेले सीताको सासू आमा लगायत ससुराली पक्षका कोई पनि सन्तुष्ट थिएन किन भने सीता गरीब घरकी छोरी भएकाले दाईजो लिएर आएका थिएन ।

दाईजो नदिएका कारण उनको सासु र जेठानीहरु उनलाई गाली बेज्जती गर्ने र सीता संग अलग गर्न उनको श्रीमान माथी दबाब दिन थालिन । त्यसले घरमा झैझगडा पटक पटक हुन थालेको थियो । र त्यही क्रममा एक दिन श्रीमानले छतवाट उनले कपडाहरु ल्याउनै लाग्दा हिर्काउन थाले र उनी छतवाट झरिन । त्यो दुखद घटनालनई सम्झिदै सीतले भनिन “छतबाट खसे पछि म एउटा अम्बाको रुखमा अड्केको मलाई याद छ त्यसपछि मलाई चार दिन सम्म होस अएन होसमा अएपछि म आफूलाई ओछ्यानमा पाए र रीढको हड्डीमा चोट लागेर म उठ्न पनि सकिरहेको थिएन । मेरो बुवाले आफ्नो घडेरी बेचेर मेरो उपचार गराउनुुभयो, र मेरो जीवन बाचाई दिनु भयो । जीवन बाँच्ने आधार मलाई ललिता दिदीले दिनु भयो । त्यस पछि उनी ६ महिना तालिम लिए । आज म सिलाई कटाई गरेर आफ्नो अगाडीको जीवन बातीरहेको छुु, आँखा बाट आँसू झारदै उनले भनिन ।

म हिम्मत हारेको छैन, सिता भन्छिन, आफुले सीखेको सीपले आय आर्जन गर्छु र जिवन अडाडी वढाउदै छुु । आफनोे सानो उमेरमै बिहे भएकाले आज यो दशा भएको भन्दै आफनी बहिनीलाई सानो उमेरमा विहे गर्न वाट रौकन लागीपरेकी छिा । वहिनी अहिले एघार कक्षामा पढिरहेको छिन ।

धनुुषाको लालगढमा रहेको कुष्टरोग सेवा केन्द्रमा सकीला आफ्नी चार बर्षीया छोरीलाई भात खुवादै भनिन छोरीको रेखदेख गर्ने कोई पनि छैन यहाँ अस्पताले दिइरहेको उपचारको खर्च र आफूले पाएको विधवा भत्ताले आफ्नो र छोरीको भरण पोषण गरि रहेको उनले सुनाइन । लगभग २२ बर्षकी कपिलेश्वरकी सकीला कुष्ट रोग प्रभावित छिन् । “चार बर्ष पहिला इलाजको क्रममा मेरो भेंट मेरो बुढा मैनुद्दीन संँग अस्पतालमा नै भएको थिए । एउटा खुट्टा समेत नभएको मैनुदीन पनि कुष्टरोग प्रभावित थियो र घरमा सौतेनी आमाले दुख दिएपछि उसको पनि समय स्पतालमनै कटि रहेको थियो । त्यहाँ हामी दुवै जनाको विचार मिलेपछि दुवैजनाका बिहे अस्पताललेनै गराई दियो” उनले भनिन् ।

“ललिता दिदीले महेन्द्र नगरमा २१ धुर जमीन किनेर दिनु भयो र त्यसै जमीनको छौ धुर जग्गामा हामीलाई बस्न पक्की घर पनि बनाई दिनु भयो तर त्यो घरमा म छ महिना पनि बस्न सकिएन किनभने मेरो श्रीमान बिरामी हुनु भयो । जचाए पछि उहालाई जीब्रोको कैंसर डाक्टरले ठहर गर्यो केही दिन सौतेनी सासले भरतपुर लगेर इलाज गराइ दिनु भयो र मेरो बुढालाई फकाएर महेन्द्र नगरको जग्गा पनि आफ्नो नाममा गराउनु भयो । मेरो श्रीमान त रोगले गर्दा बीती सक्नु भयो तर आफ्नो निशानी यो छोरी मेरो काँखमा छोरेर जानु भयो ।

इलाजको नाममा मेरो जमीन पनि सासुको नाममा गयो सासुले भन्नु हुन्छ तेरो बुढाको इलाजमा एघार लाख खर्च भएको हो त्यो पहिला दे अनि जमीनको कुरा गर । कति हार गुहार र प्रयास पछि घर भएको छौ धुर जग्गा आफ्नो नाममा आएको हो तर बाँकी जग्गा अहिले पनि सासूको नाममा नै रहेको छ” उनले जनाइन् । अहिले सकीलालाई छोरीको लालान पालन शिक्षा दिलाउने र पछि बिहे कसरी गराउँछु भन्ने चिन्ताले पिरोलिरहेको छ । एक्लै महेन्द्र नगरमा घरमा बस्न मलाई डर लाग्छ कोई साथी हुन्छ भने म त्यहाँ बस्छु र श्रृंगार समाग्रीको व्यापार गर्छु भन्ने मेरो सोच छ दीदी सकीलाले बताईन ।

सर्लाहीको अगर्वा निवासी शोभा यादव पनि कुष्ट प्रभावित हुनुहुन्छ । लगभग चार साल पहिला एउटा साह थर भएको केटाले उसँग ललाई फकाई जानकी मन्दिरमा प्रेम विवाह गर्यो । तर साथ निभाउने बचन दिएर पनि उसले शोभालाई बिहे पछि पनि माईतामा नै राख्यो र आफ्नो घर लिएर गएन ।

“कुष्ट रोग भएकाले मेरो ससुरालीको सबै जना म सँग घृणा गर्ने गर्छ र मेरो श्रीमानको पहिला देखिनै बिहे भएको थियो र बच्चाहरु पनि थियो त्यसैले उहाको परिवारमा मलाई स्वीकार गर्न सकेन, शोभाले दुखी हुँदै भनिन् । “म कुष्ट रोगी भएकाले म आफ्नो श्रीमानको कान्छी भएर पनि बाँच्न तैयार छु तर उहाले मेरो वास्ता गर्नु हुन्न म प्रायः अस्पतालमानै बस्छु उनले बताइन् । ललीता दीदीले सहयोग गर दिनु हुन्छ त म र सकीला मीलेर व्यापार गर्छु र अगारीको जीवन बाँच्छु भने सोच छ उहाले जनाइन ।

धनुषा जिल्लाको लालगढमा रहेको कुष्टरोग सेवा केन्द्रमा संचालित रहेको कार्यक्रम समाजिक आर्थिक पुर्नस्थापना इकाई, जाहा मधेस प्रदेसको सबै जिल्लामा रहेको कुष्ट प्रभावित व्यक्ती अथवा उसको परिवारको कुनै सदस्यलाई निःशुल्क शिक्षा,महिलाको हकमा सिलाई कटाई तालिम,ब्यूटीशियन तमलिम,तथा पुरुषको हकमा इलेक्ट्रिशियन लगायतका तालिम दिएर आत्म र्निभर बनाउने काम गर्छिन । यो इकाईको इनर्चाज ललिता लाभले यो जानकारी दिइन् ।

सीताको बुवा पनि कुष्ट प्रभावित हुनुहुन्छ र उहाकी छोरीको दुखी अवस्था हरेर हामीले उसको मुफ्त फिजियो थेरेपी गराए,छ महिनाको सिलाईको तालिम दिए र उसको खुट्टाले काम गर्ने अवस्थामा नरहेकाले विद्युतिय सिलाई मिशिन किनेर दिएको छु आजको दिनमा आत्म निर्भर भएर एक्लै जीवन बाँच्ने उसमा आँट आएको हो लाभले बताइन् ।

त्यसरीनै “सकीलालाई पनि सिलाईको तालिम दिएका थिए तर उ त्यति सक्रिय छैन त्यसैले हमीले उसको बिहे मैनुद्दीन संग गराएर उनीहरुलाई घरेरी कीनेर दिए र घर पनि बनाई दिए ताकी दुवै जना असहायको भविष्य एक अर्का संग राम्रो संग कटोस भनेर । तर नियतीको यो मन्जूर भएन बिहेको केही महिना पछिनै मैनुद्दीनको कैंसरले गर्दा मृत्यू भयो र घरेरी पनि उसको सौतेनी आमाले आफ्नो नाममा मैनुद्दीनलाई भुक्याएर गराई सकेका थिए ।तर आज हाम्रो पहलले छौ धुर जग्गा भएको घर सकीलाको नाममा आइ सकेको छ र हामी उसको छोरीको लागी स्कालरसीपको व्यवस्था मिलाई रहेका छौं उनले सुनाइन ।

शोभाको पनि बर्ष दिनको अधिकांस समय अस्पतालमानै कटिरहेको ललिताले बताईन । उ सँग पनि घर बार छैन आमा बुवा बीते पछि दाई भाउजुहरु उहालाई घरमा राख्न कोई तैयार छैन,ससुरालीमा उलाई कसैले स्वीकार गर्न सकी रहेको छैन बरु सकीला सँग मीलेर उ यदि व्यपार गर्न चाहन्छ भने हामी यो विषयमा एक चोटी पवचार गर्छौं उनले बताईन् ।

मधेस प्रदेशमा सीता सकीला र शोभा पात्र मात्र हुन् । यहाँ हजारो सीता र सकीला हुन् जसले अशिक्षा बाल विवाह बिहे गर्ने अपरिपक्व र्निणय र दाइजो जस्तो कुरितिका कारण दुख भोग्न बाध्य छिन् । कुष्ट प्रभावितहरुको क्षेत्रमा काम गर्ने ललिता लाभ र उहाको संस्था सराहनीय काम गरि रहेको छ । मधेस प्रदेसको सम्पूर्ण जिल्लामा विभिन्न कारणले कुष्ट रोगी र उनिहरुको संतानले भोग्न बाध्य भएको दुखी जीवनको अंधकारमा लालगढ कुष्टरोग सेवा केन्द्र र यस अन्तर्गत संचालित रहेको कार्यक्रम समाजिक आर्थिक पुर्नस्थापना केन्द्र आशाको दियो बालि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै