सरकार देखि पार्टी संचालन सम्ममा प्रधानमन्त्री देउवा चुक्दै गरेको शेखर समूहको निष्कर्ष – Nepalboli

सरकार देखि पार्टी संचालन सम्ममा प्रधानमन्त्री देउवा चुक्दै गरेको शेखर समूहको निष्कर्ष

   १७ असार २०७९, शुक्रबार  

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठकमा पाँच वटा कुरामा छलफल गरेका छन । शुक्रबार बसेको बैठकले पाँच वटा कुराहरूमा छलफल गरेको कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले जानकारी दिए। काठमाडौंमा आयोजित कोइराला समूहको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पाँच बुँदा सुनाएका हुन ।

बैठकमा सरकारले बाचा गरे अनुसारको काम गर्न नसकेको उनले बताए। जनतालाई राहत दिन नसकेको र जनताको जिविकालाई सम्बोधन गर्न नसकेको उनले बताए।

‘पहिलो सरकार चलाउने विषयमा कुरा भयो। जुन हामीले केपी ओलीको विरोध गरेका थियौं। जनजीवका कुरा होस् मलका कुरा होस्, विकास खर्चका कुरा होस्,’ उनले भने,‘लगानीको माहोल राम्रो बनाउने होस्, अर्थतन्त्रका सूचकहरू राम्रो बनाउने कुरामा सरकारले गरेको वाचाअनुसार पूरा गर्न सकिएन। विशेषगरी सरकार सञ्चालनमा जनतालाई राहत दिन सकेन। जनता जिविकालाई सम्बोधन गर्न सकेनौं।’

त्यस्तै पार्टीले नै निर्णय गरेको कुरा पनि सरकारले पूरा गर्न नसकेको उनले बताए।

राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर पार्टीले निर्णय गरेको थियो। त्यसलाई अहिले पनि प्रधानमन्त्री कार्यालय मातहतमा राखेको भन्दै पार्टीले जनाएको प्रतिबद्धता विपरीत काम भएको बताए।

उनले अर्को बुँदामाथि छलफल भएको बारे भने,‘देशमा बजेट बनाउनेदेखि लिएर पछिल्ला चरणमा चरम रूपमा आर्थिक सुशासनको खिल्ली उदाइएको छ। व्यापकरूपमा नितिगत भ्रष्टाचारहरू भएका छन्। यसलाई तुरून्त रोक्न जरूरी छ।’

त्यस्तै परराष्ट्र नीतिमा सबै दलहरूको नीति एउटै बनाउनुपर्छ भनेपनि सफल हुन नसकेको उनले बताए। त्यस विषयमा पनि कोइराला समूहले सरकारको ध्यानाकर्षण गरेको हो।

‘परराष्ट्र नीति हाम्रो पार्टीले यो सबैको साँझा नीति हो। हामीले अरू दलका विपक्षी दलहरूलाई पनि एउटै नीति बनाउनुपर्छ भन्ने मान्यता थियो,’ उनले भने, ‘त्यसमा हामी अहिलेसम्म सफल हुन सकेका छैनौं। त्यतातिर पनि सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं।’

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस पार्टीको सभापति भन्दा पनि सत्ता गठबन्धनको सभापति भएर हिँडेको उनले बताए।

जसकारण पार्टीका प्रतिनिधिहरूलाई समेत सभापति हुन् भन्ने अनुभूति दिलाउन नसकेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै